श्रीलंकाको पर्यटन क्षेत्रमा सुधार

हिमाल प्रेस २० जेठ २०८० २१:१२
2
SHARE
श्रीलंकाको पर्यटन क्षेत्रमा सुधार

कोलम्बो- श्रीलंकाको पर्यटन क्षेत्रको आय मे महिनामा २०० प्रतिशतले बढेको छ। मेमा श्रीलंकाको पर्यटन आय १३ करोड १५ लाख अमेरिकी डलर पुगेको श्रीलंकाको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले देखाएको हो।

श्रीलंका पर्यटन विकास प्राधिकरण (एसएलटीडीए)का अध्यक्ष प्रियन्था फर्नान्डोले शनिबार सञ्चारकर्मीसँगको कुराकानीमा उक्त जानकारी गराएका हुन्। ‘मे महिना पर्यटक आगमनका लागि खासै महत्त्वपूर्ण नमानिए पनि यो उल्लेखनीय वृद्धि भएको हो,’ उनले भने।

सन् २०२२ को मे महिनामा पर्यटनबाट ४ करोड ३५ लाख अमेरिकी डलर आम्दानी गरिएको थियो। सन् २०२३ को पहिलो पाँच महिनामा कुल ८२ करोड ७८ लाख अमेरिकी डलर पर्यटन आय भएको छ। उक्त आय गत वर्षको सोही अवधिको तुलनामा ३०.४ प्रतिशतले बढी हो।

श्रीलंकामा यस वर्षको पहिलो ५ महिनामा ५ लाख २४ हजार ४८६ विदेशी पर्यटक भित्रिएको तथ्यांकले देखाएको छ। श्रीलंकाको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने मुलुकमध्येको एक पर्यटन क्षेत्र कोभिड–१९ को महामारी र दक्षिण एसियाली मुलुकको आर्थिक तथा राजनीतिक संकटका कारण यसअघि कमजोर बनेको थियो। रासस/सिन्ह्वा

प्रकाशित: २० जेठ २०८० २१:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 17 =