पोखरामा रमाए नेपाली ओलम्पियन

हिमाल प्रेस २० जेठ २०८० १९:१६
8
SHARES
पोखरामा रमाए नेपाली ओलम्पियन

पोखरा- पोखरामा नेपाली ओलम्पियनको पुनर्मिलन भएको छ। उनीहरूले शनिबार फेवाताल किनार लेकसाइडमा प्रभातफेरीसहित डुंगा सयर गरे। नेपाल ओलम्पियन्स संघले पोखरामा दोस्रो ओलम्पियन पुर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रम आयोजना गरेको छ।

तीनदिने कार्यक्रमअन्तर्गत दोस्रो दिन शनिबार आयोजित समारोहमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उनीहरूलाई स्वागत तथा सम्मान गरे। विभिन्न खेल संघहरूलाई आफ्नो वार्षिक कार्ययोजना महानगरमा पेस गर्न आग्रह गर्दै आचार्यले पोखराको विकास पर्यटनसँगै खेलकुदबाट समेत हुने बताए।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले ओलम्पियनहरूलाई स्वागत गर्दै राष्ट्रको लागि खेल्ने खेलाडीलाई राज्यले उचित सम्मान गर्न नसकेको टिप्पणी गरे।

नेपालका पहिलो ओलम्पियन क्या. रामप्रसाद गुरुङसहित करिब ५० जना ओलम्पियनलाई सम्मान गरिएको संघका अध्यक्ष एवं ओलम्पियन दीपक विष्टले बताए। प्रभातफेरी सेन्टर प्वाइन्ट हुँदै वाराही घाटमा पुगेको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बल ब्यान्डबाजासहित उपस्थित थियो। विभिन्न खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, खेलकुदकर्मी पनि उपस्थित थिए। ओलम्पियनको सम्मानपछि फेवातालमा डुंगा सयर गराउँदै तालवाराही मन्दिर दर्शन गराइएको कार्यक्रमका व्यवस्थापक पोखरा खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताए।

गत वर्ष असारमा काठमाडौँमा यस्तो कार्यक्रम भएकोमा पहिलो पल्ट उपत्यकाबाहिर पोखरामा यो कार्यक्रम भएको हो। त्यस्तै गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरूसँग ओलम्पियनहरूको अन्तक्रिया भएको छ। कार्यक्रम आइतबार संघको वार्षिक साधारणसँगै समापन हुनेछ।

प्रकाशित: २० जेठ २०८० १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + thirteen =