भक्तपुरमा गुडिरहेको गाडीबाट खस्दा एक महिलाको मृत्यु

हिमाल प्रेस २० जेठ २०८० १३:०४
10
SHARES
भक्तपुरमा गुडिरहेको गाडीबाट खस्दा एक महिलाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

भक्तपुर– गुडिरहेको गाडीबाट खसेर शनिबार (आज) भक्तपुरमा एक महिलाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका-१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा. २१ च. ५३०१ नम्बरको गाडीको पछाडि सवार महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) प्रजित केसीले जानकारी दिए।

मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको उनले बताए। गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एसपी केसीको भनाइ छ।

गाडी चालक काभ्रे भुम्लु गाउँपालिका-३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्य पहरीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको केसीले बताए।

प्रकाशित: २० जेठ २०८० १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 1 =