प्रधानमन्त्रीले गरे इन्दोरको फोहर व्यवस्थापन केन्द्र अवलोकन

हिमाल प्रेस १९ जेठ २०८० २१:१९
14
SHARES
प्रधानमन्त्रीले गरे इन्दोरको फोहर व्यवस्थापन केन्द्र अवलोकन

काठमाडौँ- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार भारत, मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गरेका छन्।

सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएकी थिइन्। उनले स्रोतबाट नै ६ भागमा विभाजन गरेर फोहरको व्यवस्थापन हुँदै आएको बताइन्।

कुल एक अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ। केन्द्रमा फोहर व्यवस्थापनका लागि मासिक एक करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिृकत सिंहले जानकारी दिइन्।

सो केन्द्रले फोहर व्यवस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ। केन्द्रले मासिक तीन करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाइ छ। उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ। ती ग्यास इन्दोर सहरमा चल्ने सवारी साधानमा प्रयोग गरिँदै आइएको छ।

केन्द्रको अवलोकनपश्चात प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधिकहरु पठाई फोहर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताए।

प्रकाशित: १९ जेठ २०८० २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + four =