रेशम चौधरीको आममाफी र नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध संघर्ष गर्ने गगन थापाको उद्घोष

हिमाल प्रेस १९ जेठ २०८० १५:२१
26
SHARES
रेशम चौधरीको आममाफी र नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध संघर्ष गर्ने गगन थापाको उद्घोष फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आममाफी दिने र नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध संघर्ष गर्ने बताएका छन्।

प्रेस युनियन नेपालले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले सभापति शेरबहादुर देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यताविपरीत गतिविधि गरेको भन्दै संघर्ष गर्ने चेतावनी दिएका हुन्।

‘पार्टीले अहिले गरिरहेको कुरा, पार्टीको आधारभूत मान्यतासँग बाझिने गरी गरिएका जुन निर्णयहरू छन्। ती निर्णयहरूको भारी प्रकारान्तरले हामी पार्टीका तमाम सदस्यहरूले बोक्नुपर्ने जुन स्थिति बनेको छ, यसलाई रोक्न आवश्यक छ,’ उनले भने, ‘एकपछि अर्को गलत निर्णय गर्दै गयो भने यो भारीले पार्टी यसरी थिचिन्छ, चाहेर पनि यसलाई कसैले उठाउन सक्दैन।’

महामन्त्री थापाले पार्टीलाई ‘दाइ’हरूको पार्टीको रूपमा नभई तल्लो तहका कार्यकर्ताहरूको पार्टीमा रूपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणासमेत गरे।

प्रकाशित: १९ जेठ २०८० १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =