हलमा तीन विदेशी फिल्म

हिमाल प्रेस १९ जेठ २०८० ११:०३
4
SHARES
हलमा तीन विदेशी फिल्म

काठमाडौँ- आजदेखि नेपाली हलहरूमा तीन विदेशी फिल्म प्रदर्शन भएको छ। दुई हिन्दी फिल्म ‘जरा हट्के जरा बच्के’, ‘२०१८’ र एक हलिउड फिल्म ‘स्पाइडर-म्यानः अक्रस द स्पाइडर-भर्स’ प्रदर्शनमा आएको हो।

हिन्दीमा डबिङ गरिएको मलयालम भाषाको फिल्म ‘२०१८’ जुड एन्थेनी जोसेफले निर्देशन गरेका हुन्। फिल्ममा टोभिनो थोमस, कुन्चाको बोबन, असिफ अली, वीनिथ श्रीनिवासन, अपर्णा बालमुरली, तन्वी राम, शिवदा नायर, गौथमी नायरलगायत कलाकारको अभिनय छ। फिल्म ड्रामा तथा थ्रिलरजनरामा बनेको छ। यो फिल्म क्युएफएक्स सिनेमाज, सीडीसी सिनेमाज, वान सिनेमाज, एफक्युब सिनेमाजलगायत नेपालका विभिन्न मल्टिप्लेक्स हलहरूमा शो पाएको छ।

त्यस्तै अर्को हिन्दी फिल्म ‘जरा हट्के जरा बच्के’ पनि आजबाट नेपालमा प्रदर्शन भएको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्ममा विक्की कौशल, मेघा अग्रवाललगायतको अभिनय छ। हलिउड फिल्म ‘स्पाइडर-म्यानः अक्रस द स्पाइडर-भर्स’ पनि आजदेखि प्रदर्शनमा आएको छ। फिल्ममा शमिक मुर, हेली स्टेनफेल्ड, अस्कर आइज्याक, जोक जोन्सन, इसा रे, ब्रायन टायरी हेनरी, लुना लरेन भेलेज, राहेल ड्राचको अभिनय छ।

यो सँगसँगै हलहरूमा नेपाली, हिन्दी र अंग्रेजी गरी सात फिल्म प्रदर्शनरत छ। नेपाली फिल्म ‘डाकिनी’, ‘जारी’, र ‘हल्कारा’ चलिरहेको छ। हिन्दीमा ‘द केलरा स्टोरी’, र अंग्रेजीमा द लिटल मर्मेड, फास्ट एक्स, र ‘गार्डियन्स अफ द ग्यालक्सी’ प्रदर्शनरत छन्।

प्रकाशित: १९ जेठ २०८० ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =