डढेलोले पाइप जलेपछि निस्दी गाउँमा खानेपानी समस्या

हिमाल प्रेस १९ जेठ २०८० १०:१९
6
SHARES
डढेलोले पाइप जलेपछि निस्दी गाउँमा खानेपानी समस्या फाइल तस्बिर।

पाल्पा– पाल्पाको निस्दी गाउँपालिका-४ द्वार्घामा डढेलोले पाइप जलाएपछि खानेपानी समस्या भएको छ। जंगलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो।

मोलोगैरा सामुदायिक वनमा लागेको आगोले खानेपानी ल्याइएको पाइपमा क्षति पुगेको छ। वन क्षेत्रभित्रको २ सय ५० मिटर पाइप जलेपछि खानेपानी समस्या भएको हो।

यहाँका सोमै थर र थाम थरका १० घरपरिवारलाई पानीको समस्या भएको स्थानीय तिल सुनारीले बताए। करिब साढे २ मिटर पाइप जलेर नष्ट भएको उनले जानकारी दिए।

सडक निर्माणको क्रममा जमिनमुनि गाडिएको पाइप बाहिर निकालेका पाइपमा क्षति पुगेको छ। निस्दी गाउँपालिका-४ झ्याल्टुङको मुहानबाट ल्याएको पानी स्थानीयले वषौँदेखि पिउँदै आएका थिए।

पाइप जलेपछि स्थानीयले मुहानबाट घण्टौं लागेर पानी बोकेर खाने बाध्यता सिर्जना भएको स्थानीय मञ्जु सारुले बताइन्।

गाउँमा लिफ्टिङ प्रणालीको योजना रहे पनि घाम लागेका समय पानी आउने र अन्य समय बन्द हुने हुँदा मुहानबाटै पानी बोकेर पिउनुपरेको स्थानीयले बताएका छन्।

वन डढेलोका कारण बर्सेनि स्थानीयले सास्ती भोग्नु परिरहेको छ। जंगलमा जथाभावी आगो लगाउँदा पाल्पामा हरेक वर्षजसो नै विभिन्न क्षति हुने गरेको छ।

प्रकाशित: १९ जेठ २०८० १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =