दोधारा-चाँदनी सुक्खा बन्दरगाह तीन वर्षभित्र निर्माण हुन्छ : रमेश लेखक

हिमाल प्रेस १९ जेठ २०८० ८:५२
8
SHARES
दोधारा-चाँदनी सुक्खा बन्दरगाह तीन वर्षभित्र निर्माण हुन्छ : रमेश लेखक फाइल तस्बिर।

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दोधारा-चाँदनी सुक्खा बन्दरगाह ३ वर्षभित्र निर्माण हुने बताएका छन्। कञ्चनपुर उद्योग वाणिज्य संघको ३२औं वार्षिकोत्सव तथा साधारणसभाको बिहीबार महेन्द्रनगरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

नेपाल-भारत प्रधानमन्त्रीस्तरमा निर्माणको सम्झौता (एमओयु)मा हस्ताक्षर भएसँगै अबको ३ वर्षभित्र बन्दरगाह निर्माण हुने उनको भनाइ छ। ‘भारतबाट सामान ल्याउने मात्रै नभई यहाँबाट पठाउने विषयमा पनि तपाईंहरू सोच्नुहोस्,’ उनले भने, ‘भारत भ्रमणका क्रममा प्रधानमन्त्रीज्यूसित भएका सम्झौता कार्यान्वयन हुनेछन् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदले डडेल्धुरास्थित शीर्ष र बैतडीको झुलाघाटमा महाकाली नदीमा पक्की पुल बनाउने घोषणा गर्नु सुखद भएको उनले बताए। ‘सुक्खा बन्दरगाह ३ वर्षमा सम्पन्न गर्न सबैको जोड हुनुपर्छ,’ उनले भने, ‘निर्णय कार्यान्वयका लागि पूर्ण रूपले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने।

कञ्चनपुर त्रिदेशीय नाकाका रूपमा नाकालाई विकास गर्न खोजिएको उल्लेख गर्दै महाकाली करिडोरमार्फत चीनसित जोड्ने काम पनि अघि बढिरहेको उनले जनाए।

‘दसैँ-तिहार सेरोफोरोमा ब्रह्मदेवबाट डडेल्धुराको जोगबुढा करिडोर बनाएर पुर्‍याउने प्रयास हुँदैछ,’ उनले भने, ‘यहाँको मझगाउँ विमानस्थलका बारेमा पनि प्रक्रियागत रूपले जग्गा प्राप्तिको विषय अघि बढेको छ ।’

विमानस्थलका लागि नेपाली सेना र प्रति जमिन अधिग्रहणका लागि मन्त्रालयहरूबीच समन्वय भइरहेको उनले जानकारी दिए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तारालामा तामाङ, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललगायतले सुदूरपश्चिमको विकास, आर्थिक तरलताका कारण व्यापारी, व्यवसायीले झेल्नुपरेको समस्यालगायत विषयमा आफ्ना धारणा राखे।

मझगाउँस्थित निर्माणाधीन विमानस्थलको उनले स्थलगत निरीक्षणसमेत गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =