प्रधानमन्त्रीको भ्रमणबारे एमालेले भन्यो : भारतले चाहेका विषयमा नेपालले आँखा चिम्लेर सहमति जनायो

हिमाल प्रेस १८ जेठ २०८० १६:३४
12
SHARES
प्रधानमन्त्रीको भ्रमणबारे एमालेले भन्यो : भारतले चाहेका विषयमा नेपालले आँखा चिम्लेर सहमति जनायो फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्रीको जारी भारत भ्रमणमा भारतले चाहेकै विषयमा सम्झौता भएकोले नेपालको चाहना पुरा नभएको बताएको छ। एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सम्झौतामा नेपालको चाहनाका विषयहरू सम्बोधन हुन नसकेको बताएका हुन्।

प्रधानमन्त्रीको चार दिने भारत भ्रमणका क्रममा आज बिहीबार उर्जा तथा पारवहन, डिजिटल कनेक्टीभिटी, पेट्रोलियम पाइप लाइन र क्रस बार्डर ट्रान्समिसनमा सहमति भएको छ। उक्त सहमतिपछि महासचिव पोखरेलले भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेर सहमति जनाएको दाबी गरेका छन्।

‘भारत भ्रमणका क्रममा नेपालको चाहनाको खासै सम्वोधन हुन सकेन। भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनायो। तर पनि भ्रमण सफल भएको भन्नुपर्ने नेपाल सरकारको विवसता!’ पोखरेलले भनेका छन्।

प्रकाशित: १८ जेठ २०८० १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =