प्रप्रासंघको पाँचौँ महाधिवेशन स्थगित

हिमाल प्रेस १८ जेठ २०८० १५:४९
278
SHARES
प्रप्रासंघको पाँचौँ महाधिवेशन स्थगित

काठमाडौँ- नेपाली कांग्रेसको दबाबपछि प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन तत्कालका लागि स्थगित भएको छ। कांग्रेस केन्द्रीय नेतृत्वबाट हाललाई अधिवेशन स्थागित गर्न अनुरोध गरिएकाले १९ र २० गतेका लागि तोकिएको महाधिवेशन स्थगित गरिएको हो।

गत वैशाख १३ गते काठमाडौँमा सम्पन्न पूर्ण बैठकको निर्णयअनुसार संघको महाधिवेशन जेठ १९ र २० गते काठमाडौँमा आयोजना गर्न लागिएको थियो। त्यसका लागि निर्वाचन समितिमार्फत प्रतिनिधि नामावली सार्वजनिक, प्रतिनिधि परिचयपत्र, हल बुक, स्टेसनरी, झोला, खाजा, खानासमेतको आन्तरिक तयारी पूरा भएको थियो।

तर दुईवटा समूहले एकै दिन फरकफरक ठाउँमा महाधिवेशन मिति डाकेपछि देशभरका प्रतिनिधिहरू अन्योलमा परेका थिए।

एउटा समूहले क्याम्पस एकाइ समिति एवं महाधिवेशन प्रतिनिधिलाई फर्जी भनी अपमानित गर्दै गलत एवं भ्रामक सूचना सम्प्रेषण गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले तत्कालका लागि महाधिवेश स्थगित गर्न निर्देशन दिएका हुन्।

महाधिवेशन प्रतिनिधिहरूमा भ्रम सिर्जना गर्ने प्रयास भएको र अर्को स्थानमा समेत अधिवेशन गर्ने सूचना आएपछि तत्कालका लागि स्थगित गर्न निर्देशन दिइएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।

संघले भ्रामक सूचना जारी भएको कुरालाई समेत दृष्टिगत गरी अर्को सूचना जारी नभएसम्मका लागि पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको जनाएको छ। महाधिवेश यसअघि पनि पटकपटक स्थगित हुँदै आएको छ।

डिपानको संस्थापन इतर समूहको द्वैधचरित्र : भित्र सहमतिमा हस्ताक्षर, बाहिर जबरजस्तीको आरोप

प्रकाशित: १८ जेठ २०८० १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast