देउवालाई गगनको प्रश्न : हामीदेखि कार्यकर्ता निराश छन्, नेतृत्व छोड्न तयार हो?

हिमाल प्रेस १८ जेठ २०८० १५:१९
48
SHARES
देउवालाई गगनको प्रश्न : हामीदेखि कार्यकर्ता निराश छन्, नेतृत्व छोड्न तयार हो? फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प नभएको बताएका छन्। नेतृत्वको कारण पार्टी अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै उनले सुधार गर्नु नै विकल्प रहेको बताएका हुन्।

थापाले तल्लो तहका कार्यकर्ता नेतृत्वसँग निराश भएको पनि बताए। ‘अहिले पार्टीको तल्लो तहमा गएर बुझ्दा पार्टीको नेतृत्वसँगै निराश भएको छु भन्ने कुरा आउँछ,’ उनले भने, ‘म पनि पार्टीको नेतृत्वभित्र पर्छु। नेतृत्वले ठिक ढंगले काम गर्न सकिराख्नुभएको छैन भनेर आम साथीहरूले भन्नुहुन्छ। काम गर्न नसकिरहेको अवस्था पनि छ। त्यो बेलामा सर्लक्क हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ।’

उनले काम गर्न नसकेको अवस्थामा सभापति शेरबहादुर देउवाले पद छोड्न तयार हो कि होइन भन्दै प्रश्न पनि गरे। ‘पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न पनि आउँछ। त्यसमा उहाँ तयार हुनुहुन्छ?’ उनले भने।

थापाले चुनाव अघिको गठबन्धनले नै पार्टीप्रतिको विश्वासमा संकट देखापरेको अवस्थामा आगामी चुनावमा अरू एकातिर गठबन्धन गरे पनि कांग्रेस एक्लै लडेर जानुपर्ने बताए।

‘पार्टी अप्ठ्यारोमा परेको बेलामा तल गएर सोध्ने हो सोध्दै गर्दा जे साथीहरूले भन्छन् तालमेल गर्नुभयो ठिक भएन भन्नुभयो भने नगर्ने,’ उनले भने, ‘अर्कोतिर नेतृत्व काम लागेन भन्नुभयो भने नेतृत्वले छाड्दिहाल्ने। जहाँ समस्या भएको छ त्यहीबाट समाधान नखोजे पार्टी बन्दैन। म तयार छु सभापति तयार हो?’

प्रकाशित: १८ जेठ २०८० १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + six =