गान्धीको समाधिस्थलमा प्रचण्ड [तस्बिरहरू]

हिमाल प्रेस १८ जेठ २०८० ११:२६
8
SHARES
गान्धीको समाधिस्थलमा प्रचण्ड [तस्बिरहरू] सबै तस्बिरः प्रधानमन्त्रीको सचिवालय।

काठमाडौँ- भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन्। त्यहाँ उनले पुष्पहार अर्पण गरेका थिए।

प्रचण्डले आज नै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्। हैदरावाद हाउसमा मोदीसँग द्विपक्षीय भेटवार्ता हुने कार्यसूची रहेको प्रचण्डको सचिवालयले जनाएको छ। मोदीसँगको भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने तयारी छ।

यसपछि सम्झौता पत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनपछि आयोजना हुने पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ।

प्रधानमन्त्रीले बिहीबार नै भारतका उपराष्ट्रपति जगदीप धनखड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको सचिवालयले जनाएको छ। प्रचण्डले साँझ होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्नेछन्।

बुधबार प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्ता गरेका थिए। प्रचण्ड प्रधानमन्त्री बनेको ५ महिनापछि भारतको औपचारिक भ्रमणमा निस्किएका हुन्।

शुक्रबार उनी मध्यप्रदेश जाने र शनिबार त्यहाँबाट दिल्ली आएर स्वदेश फर्कने तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =