गुणस्तरीय दुधबारे चेतना जगाउन विश्‍व दुध दिवस मनाइँदै

हिमाल प्रेस १८ जेठ २०८० ७:१९
4
SHARES
गुणस्तरीय दुधबारे चेतना जगाउन विश्‍व दुध दिवस मनाइँदै प्रतीकात्मक तस्बिर।

काठमाडौँ– बिहीबार (आज) २३औं विश्व दुध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी संघलगायत सरोकारवाला निकायले विश्व दुध दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन्।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्‍याएको योगदानको कदर गर्दै दुधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले सन् २००१ जुन १ देखि विश्व दुध दिवस मनाउन थालिएको हो। आम जनताबीच दुधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दुध दिवस मनाउन थालेको हो।

दैनिक गुणस्तरीय दुध पिउन चेतना जगाउने, पोषणयुक्त दुध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार-प्रसार गर्ने, दुध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दुध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्‍याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

प्रकाशित: १८ जेठ २०८० ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =