६ गते सिचुवान एयरलाइन्सको छेन्दु-पोखरा उडान

हिमाल प्रेस १ असार २०८० १६:१० | Friday, June 16, 2023
६ गते सिचुवान एयरलाइन्सको छेन्दु-पोखरा उडान

काठमाडौँ– ६ गते (बुधबार) चीनको सिचुवान एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा चार्टर्ड उडान गर्ने भएको छ। उडानको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार अनुमति दिएको हो।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलामा यो पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ। पोखरामा नियमित उडान सञ्चालन गर्न सिचुवान एयरलाइन्ससँग छलफल भइरहेको प्राधिरणले जनाएको छ।

गत पुसदेखि सञ्चालन आएको विमानस्थलमा हाल आन्तरिक उडान मात्रै भइरहेको छ। बुध्द एयरले पोखराबाट भारतका तीन सहरमा उडानको लागि चासो राखे पनि अनुमति पाएको छैन।

प्रकाशित: १ असार २०८० १६:१० | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast