१० महिनामा २१ बैंकले कमाए ५७ अर्ब, कुनले कति?

हिमाल प्रेस ४ असार २०८० १३:२८ | Monday, June 19, 2023
१० महिनामा २१ बैंकले कमाए ५७ अर्ब, कुनले कति? फाइल तस्बिर।

काठमाडौँ– चालु आर्थिक वर्षको १० महिनामा २१ वटा वाणिज्य बैंकले ५७ अर्ब १६ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेका छन्।

वैशाख महिनामा मात्रै बैंकहरूको नाफा करिब ८ अर्ब ४५ करोड रुपैयाँ बढेको छ। चैतसम्म बैंकहरूको कुल नाफा ४८ अर्ब ७० करोड रुपैयाँ थियो।

चालु आवको साउन-वैशाखको अवधिमा सबैभन्दा धेरै कमाउनेको शीर्ष सूचीमा नबिल बैंक छ। यो अवधिमा नबिल बैंकले ६ अर्ब १२ करोड रुपैयाँ कमाएको छ।

दोस्रोमा रहेको ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब ३४ करोड पुगेको छ। तेस्रोमा एनआईसी एशिया बैंक छ। जसको खुद नाफा ४ अर्ब ३९ करोड छ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्ब ५ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३ अर्ब ८९ करोड ७२ लाख भएको छ।

एनएमबी बैंकले २ अर्ब ९६ करोड ५० लाख, प्राइम कमर्सियल बैंकले २ अर्ब ७९ करोड ९७ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७८ करोड ६१ लाख खुद नाफा गरेको छ।

१० महिनाको अवधिमा एभरेष्ट बैंकले २ अर्ब ७५ करोड ८६ लाख कमाएको छ। त्यस्तै हिमालयन बैंकले २ अर्ब ६४ करोड १८ लाख, नेपाल बैंकले २ अर्ब ४६ करोड १७ लाख, प्रभु बैंकले २ अर्ब ३१ करोड र नेपाल एसबीआई बैंकले २ अर्ब ६५ लाख कमाएको छ।

सानिमा बैंकको खुद नाफा १ अर्ब ९६ करोड, कुमारी बैंकको १ अर्ब ८१ करोड, सिद्धार्थ बैंकको १ अर्ब ७९ करोड ६७ लाख, माछापुच्छ्रे बैंकको १ अर्ब ५६ करोड ३८ लाख नाफा भएको छ।

वैशाखसम्म लक्ष्मी बैंकले १ अर्ब ४६ करोड २८ लाख आम्दानी गरेको छ। सिटिजन्स बैंकले १ अर्ब ४३ करोड, सनराइज बैंकले १ अर्ब ३७ करोड २५ लाख कमाएको छ।

२१ वाणिज्य बैंकमध्ये कम नाफा कृषि विकास बैंकको छ। बैंकले वैशाखसम्म १ अर्ब २२ करोड २६ लाख रुपैयाँ खुद आम्दानी गरेको छ।

प्रकाशित: ४ असार २०८० १३:२८ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast