स्ट्यान्डर्ड चार्टर्ड बैंकले सुरु गर्‍यो कर्मचारीका बच्चाको लागि डे कियर सेवा

हिमाल प्रेस १२ असार २०८० १२:५३ | Tuesday, June 27, 2023
स्ट्यान्डर्ड चार्टर्ड बैंकले सुरु गर्‍यो कर्मचारीका बच्चाको लागि डे कियर सेवा

काठमाडौँ- स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आफ्ना कर्मचारीका बच्चाको हेरचाहका लागि ‘डे कियर’ सेवाको सुरुवात गरेको छ।

बैंकको कर्पोरेट कार्यालय नयाँ बानेश्वरमा सोमबारबाट डे कियर सेवा पुनः सुरु भएको हो। बैंकले सन् २०१३ देखि यो सेवा दिइरहेको थियो। कोरोना महामारीका कारण स्थगित भएको सेवा बैंकले फेरि सुरु गरेको हो।

डे कियरमा कर्मचारीका ६ महिनादेखि ३ वर्षसम्मका बच्चाहरू बस्न पाउनेछन्। यो सेवा प्रयोग गरेबापत बैंक कर्मचारीले कुनै शुल्क तिर्नु पर्दैन।

बच्चाका कारण विशेषगरी महिला कर्मचारीले उर्बर उमेरमै करियरबाट बिदा लिने, प्रतिस्पर्धामा पछि पर्नेजस्ता कारण आउन नदिन यो सेवा सुरु गरेको बैंकले जनाएको छ।

प्रकाशित: १२ असार २०८० १२:५३ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast