काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल र हिमालयन क्यापिटलबीच ऋणपत्र निष्काशनसम्बन्धी सम्झौता गरिएको छ। बैंकले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्न क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।
बैंकले प्रतिऋणपत्र अंकित १ हजार रुपैयाँका दरले ३ तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्।
ऋणपत्रमा उच्च पतिफल दिइने भन्दै यसबाट दिर्घकालीन लगानी कर्ता लाभान्वित हुने विश्वास लिइएको बैंकले बताएको छ।
                            प्रकाशित: २४ जेठ  २०८० १७:३५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

