सिटिजन्स बैंक र वेबोर होम अप्लायन्सबीच छुटसम्बन्धी सम्झौता

हिमाल प्रेस ४ असार २०८० १७:५३ | Monday, June 19, 2023
सिटिजन्स बैंक र वेबोर होम अप्लायन्सबीच छुटसम्बन्धी सम्झौता

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनकुनेस्थित वेबोर होम अप्लायन्सबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झाैताअनुसार सिटिजन्स बैंकका ग्राहकले साेही बै‌ंकका कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा वेबोर होम अप्लायन्समा २० प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन उक्त सम्झाैता गरिएको जानकारी दिएको छ। सिटिजन्स बैंकले हाल १८३ शाखा, ३ वटा विस्तारित काउन्टर, १४० एटीएम र ९७ वटा शाखारहीत एकाईमार्फत देशभर सेवा दिँदै आएको छ। सिटिजन्स बैंकका १५ लाख ८० हजारभन्दा बढी ग्राहक छन्।

प्रकाशित: ४ असार २०८० १७:५३ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast