काठमाडौँ- सिटिजन्स बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत साथ हकुना मटाटालाई एक लाख ३२ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
साथले एक दशकदेखि असहाय बालबालिकाको लालनपालन, स्वास्थ्य उपचार, शिक्षा लगायतका सेवा दिँदै आएको छ।
साथ हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कार्यक्रम प्रबन्धक समीक्षा शर्माले जानकारी दिइन्।
प्रकाशित: १५ असार २०८० १५:४३ | Friday, June 30, 2023
प्रतिक्रिया



