काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर मल्टिप्लेक्स सेन्टर प्रालिबीच छुट सम्झौता भएको छ। सम्झौताअनुसार मल्टिप्लेक्समा रहेका १८ वटा पसलमा ग्राहकले ३० प्रतिशतसम्मको छुट पाउनेछन्।
छुट पाउनको लागि ग्राहकले सिटिजन्स बैंकको मोबाइल एप तथा कार्डबाट भुक्तानी गर्नुपर्नेछ।
यस्तो सहकार्यले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने बैंकले जनाएको छ। सिटिजन्स बैंकले १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर र १४० वटा एटीएमबाट सेवा दिँदै आएको छ।
                            प्रकाशित: २३ जेठ  २०८० १५:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

