 
                             
                                            काठमाडौँ- ज्योति विकास बैंकले सामूहिक कृषिमा सघाउने उद्देश्यले धान रोप्ने मेसिन सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देहीको तिलोत्तमा–१० शान्तिनगरको उद्यमशील टोल विकास संस्थालाई धान रोप्ने मेसिन हस्तान्तरण गरेको हो।
कृषि उत्पादकत्वमा अभिवृद्धि, सामूहिक कृषि प्रवद्र्धन र कृषकलाई धान रोप्नमा सहजता प्रदान गर्ने उद्देश्यले उक्त सहयोग गरेको बैंकको भनाइ छ। एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका बुटवल क्लस्टर कार्यालय प्रमुख कपिल न्यौपाने र बैंकका मणिग्राम शाखा प्रबन्धक खगेन्द्र थापाले संस्थाका अध्यक्ष घनसिंह पुनलाई मेसिन हस्तान्तरण गरे।
                            प्रकाशित: ११ असार  २०८० १७:४८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 