 
                             
                                            कठमाडौँ- सामासङले ‘ग्यालेक्सी एफ-५४’ नेपाली बजारमा सार्वजनिक गरेकाेछ। कम्पनीले ग्यालेक्सी एफ ५४ फाइभजी नेपाली बजारमा ल्याएको हो। उक्त स्मार्ट फोन हाइरेन्जमा निक्कै शक्तिशाली रहेको दाबी गरेको छ।
उक्त स्मार्ट फोनमा १०८ मेगा पिक्सेलको क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्ध रहेको कम्पनीको भनाइ छ। ६.७ सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको फोनमा ८ जीबी र्याम र २५६ जीबी आन्तरिक मेमोरी रहेको कम्पनीले बताएको छ।
यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रोलेन्स क्यामेराबाट हुने ट्रिपललेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउनेछन्, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अक्टा-कोर एक्सिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ५४ मा ६००० एमएएच क्षमताको ब्याट्री छ। स्मार्ट फोन दुुई रङमा उपलब्ध रहेको छ। यसको ८+२५६ जीबी मोडलको मूल्य ५२ हजार ४ सय ९९ रुपैयाँ रहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 