काठमाडौँ- विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘इन्धन जोगाऔँ, पृथ्वी बचाऔँ’ नाराका साथ साइकल र्यालीको आयोजना गरेको छ। डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा बैंकले शनिबार साइकल र्यालीको आयोजना गरेको हो।
बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भएको र्याली नागपोखरी, दरबारमार्ग, भद्रकाली मन्दिर, जमल, ज्ञानेश्वर हुँदै सानो गौचरणसम्म पुगेको थियो। र्यालीमा करिब ४०० जनाको उपस्थिति रहेको बैंकले जनाएको छ।
र्यालीमार्फत बैंकले वातावरण संरक्षण, इन्धनको मितव्ययीता एवं साइकल जस्ता पर्यावरणमैत्री यातायातको प्रयोगाको चेतना फैलाएको थियो।
                            प्रकाशित: २१ जेठ  २०८० १३:३४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             

