सराङ्‌कोटको सार्वजनिक जग्गा बेच्ने पूर्वगाविस अध्यक्ष लगायतविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस ७ असार २०८० १५:४४ | Thursday, June 22, 2023
सराङ्‌कोटको सार्वजनिक जग्गा बेच्ने पूर्वगाविस अध्यक्ष लगायतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- पोखरा सारङ्कोटको सार्वजनकि जग्गा बेचेको आरोपमा ग्यारजाती गाविसका अध्यक्ष मोदनाथ रेग्मी लगायतविरुद्ध भ्रष्टचार मुद्दा दायर गरिएको छ।

कास्की, पोखरा महानगरपालिका वडा नं. १८, सराङकोटस्थित करिब ५/६ रोपनी सार्वजनिक जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरेको भन्ने उजुरीमाथि अख्तियारले छानबिन गरेको थियो।

उक्त विषयमा अनुसन्धान हुँदा तत्कालीन ग्यारजाती गाविसका जनप्रतिनिधिहरूसमेतले बाटो बनाउन बजेट व्यवस्था गर्ने नाउँमा कानुनले प्रदान नगरेको अधिकार प्रयोग गरी सरकारी जग्गा वडास्तरीय भेला गरी गराई बढीबढाउ टेण्डर आह्वान गरी बेचेको पाइएको हो।

बोलकबोल गर्नेबाट प्रस्ताव गरिएको रकम लिई अस्थाई बसोवासको प्रमाणपत्र दिएर सरकारी जग्गा अनधिकृत तवरले बिक्री वितरण गरेको बताइएको छ।

हाल उक्त सरकारी जग्गामा स्थायी संरचना निर्माण गरी सरकारी जग्गा निजी प्रयोगमा लगाएको देखिँदा गैरकानुनी लाभ र नेपाल सरकार/सार्वजनिक संस्थाको सम्पत्तिको हानिनोक्सानी गरेको आरोपमा १५ करोड बिगो कायम गरी विशेष अदालत काठमाडौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो

प्रकाशित: ७ असार २०८० १५:४४ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast