सरकार ढल्छ भन्ने अफवाहमात्रै हो : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस १२ असार २०८० १९:१६ | Tuesday, June 27, 2023
सरकार ढल्छ भन्ने अफवाहमात्रै हो : सञ्चारमन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा।

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार ढल्छ भन्ने अफवाहमात्रै भएको बताएकी छन्। मंगलबार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सुनाउने क्रममा उनले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको बताएकी हुन्।

‘सरकार ढल्ने हल्ला मैले सुनेको छैन। सरकार ढल्नुपर्ने कारण केही छैन,’ उनले भनिन्, ‘सरकार राम्रोसँग चलिरहेको छ।’

उनले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार अघि बढिरहेको बताइन्। मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा केही व्यक्तिहरू पक्राउ गरिएको बताइन्।

‘सरकारले बालुवाटार जग्गा प्रकरणमा छानबिन गर्नु हठात् हुँदैन, यस्तो कुरामा गहिरो अध्ययनअनुसन्धान हुन्छन्, प्रमाण पुर्‍याउनुपर्ने हुन्छ हठात् भन्ने कुरा हुँदैन,’ उनले भनिन्, ‘भ्रष्टाचार गर्नेहरू तल्लो र माथिल्लो तह भन्ने हुँदैन, भ्रष्टाचार कुन तहकाले गर्‍यो भन्ने भन्दा पनि भ्रष्टाचार गर्‍यो कि गरेन भन्ने कुरा मुख्य हो।’

प्रकाशित: १२ असार २०८० १९:१६ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast