समायोजन हुन इच्छुक क्याम्पसलाई निवेदन पेस गर्न त्रिविको आग्रह

हिमाल प्रेस ३० जेठ २०८० ११:४३ | Tuesday, June 13, 2023
समायोजन हुन इच्छुक क्याम्पसलाई निवेदन पेस गर्न त्रिविको आग्रह घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस  गर्न आग्रह गरेको छ।

सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्ण रूपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो।

त्रिविले आज (मंगलबार) सूचना जारी गर्दै सम्बन्धित इच्छुक क्याम्पसलाई सामायोजन हुन चाहने क्याम्पसले आफ्नो क्याम्पससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेस गर्न सूचना जारी गरेको हो।

निवेदन गर्दा दुवै क्याम्पसको बेग्लाबेग्लै निवदेन  दिने, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिदको प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ।

प्रकाशित: ३० जेठ २०८० ११:४३ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast