विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

हिमाल प्रेस १२ असार २०८० ११:४१ | Tuesday, June 27, 2023
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित फाइल तस्बिर

काठमाडौँ- प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा लगायतका दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक मंगलबार १५ मिनेटका लागि स्थगित भएको छ।

बैठकमा एमाले र रास्वपा सांसदले बजेट वक्तव्यमा समावेश भएको जिल्लास्थित निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने प्रावधान हटाउनुपर्ने माग गरेका थिए।

सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले निर्वाचन कार्यालय नहटाउने विषयमा दलहरूबीच सहमति भइसकेकाले विरोधको औचित्य नरहेको बताएका थिए।

तर प्रतिपक्षी सांसदले अर्थमन्त्री डा. प्रकाशशरण महत स्वयं उपस्थित भएर जबाफ नदिएसम्म बैठक चल्न नदिने अडान राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेका लागि बैठक स्थगन गरेका हुन्।

रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रकाशित: १२ असार २०८० ११:४१ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast