लिचीको दाना अड्किएर सिन्धुलीमा एक बालकको मृत्यु

हिमाल प्रेस १ असार २०८० ८:५१ | Friday, June 16, 2023
लिचीको दाना अड्किएर सिन्धुलीमा एक बालकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

सिन्धुली– सिन्धुलीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ। कमलामाई नगरपालिका-६ धुराबजारका ३ वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर बिहीबार राति मृत्यु भएको हो। लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले लिचीको दाना अड्किएर बाललको मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै जानकारी दिए।

यसैबीच सुनकोशी गाउँपालिका-२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ। बिहीबार साँझ बालकको शव फेला परेको डीएसपी दाहालले बताए।

सुनकोशी-२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा नाम ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी नौ वर्षको बालकको शव फेला परेको उनको भनाइ छ।

प्रकाशित: १ असार २०८० ८:५१ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast