एनआईसी एशिया बैंकको मोबाइल एपबाटै रेमिट्यान्स पाउन सकिने

हिमाल प्रेस ७ असार २०८० २१:२९ | Thursday, June 22, 2023
एनआईसी एशिया बैंकको मोबाइल एपबाटै रेमिट्यान्स पाउन सकिने

काठमाडौँ- विदेशबाट पठाएको रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै पाउन सकिने भएको छ। बैंकले विदेशबाट आएको रेमिट्यान्स रकम मोबाइल बैंकिङ एपबाट बुझ्न सकिने सेवा सुरु गरेसँगै ग्राहकलाई सजिलो हुने भएको हो।

उक्त सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिट्यान्स रकम बैंकमा रहेको आफ्नै खातामा डिपोजिट गर्न सक्ने बैंकले जानकारी दिएको छ।

ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नुपर्ने आवश्यकताअनुसार उक्त सेवा सुरु गरिएको बैंकको भनाइ छ।

प्रकाशित: ७ असार २०८० २१:२९ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast