योगेश भट्टराईमाथिको दुर्व्यवहारमा एमालेको ध्यानाकर्षण

हिमाल प्रेस १४ असार २०८० २१:३७ | Thursday, June 29, 2023
योगेश भट्टराईमाथिको दुर्व्यवहारमा एमालेको ध्यानाकर्षण

काठमाडौँ- नेकपा (एमाले)ले पार्टी सचिव योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको बताएको छ। प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा बिहीबार दिउँसो इलाममा आयोजित कार्यक्रममा सहभागी हुन जाँदा इलाम बजारमा भट्टराईमाथि अभद्र व्यवहार भएको उल्लेख गरेका छन्।

‘संविधान र कानुनी व्यवस्थाअनुसार प्रदेशसभाको दुई तिहाइ बहुमतबाट भएको कोशी प्रदेश नामकरणमा असहमति राख्ने समूहले एमाले र यसका नेताहरूलाई विगत केही महिनादेखि गरिरहेको आक्रमण प्रयासको पछिल्लो शृंखलाका रूपमा आज इलाममा सचिव भट्टराईमाथि गरिएको अभद्र व्यवहारको एमालेले निन्दा गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ। रासस

इलाममा योगेश भट्टराईमाथि आक्रमणको प्रयास, पहिचानवादीले देखाए कालो झण्डा

‘एमाले नेतृत्वमाथि हमला गरेर कोशी प्रदेशको समस्या समाधान हुँदैन’

प्रकाशित: १४ असार २०८० २१:३७ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast