‘यूएसएआईडी कृषि उच्च शिक्षा’ कोष स्थापना

हिमाल प्रेस ३२ जेठ २०८० १९:१८ | Thursday, June 15, 2023
‘यूएसएआईडी कृषि उच्च शिक्षा’ कोष स्थापना

चितवन- युएसएआईडीले चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि ५० लाख अमेरिक डलर (करिब ६५ करोड रुपैयाँ) बराबरको कोष स्थापना गरेको छ। बिहीबार एक कार्यक्रममार्फत ‘युएसएआईडी कृषि उच्च शिक्षा’ कोषको सुरुवात गरिएको हो।

उक्त कोषको लक्ष्य अनुसन्धान र शिक्षण विधिको सुदृढीकरण गरी कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)को क्षमता अभिवृद्धि गर्ने र जनशक्तिका रूपमा तयार विद्यार्थीहरूको संख्या बढाउने रहेको छ।

बिहीबार सुरुवात कार्यक्रममा यूएसएआईडी एजेन्सी काउन्सेलर क्लिन्टन व्हाइटले कृषि तथा वन विज्ञान विश्वविद्यालयसँगको सहकार्यमार्फत कृषि उच्च शिक्षा क्रियाकलापको सुरुवात गर्न पाउँदा यूएसएआईडी उत्साहित रहेको बताए।

सम्झौताले कृषिमा उच्च शिक्षाको गुणस्तर सुधार गर्ने, बजार निर्देशित पाठ्यक्रममार्फत विद्यार्थीहरूको रोजगारी–योग्यता अभिवृद्धि गर्ने र कृषि अनुसन्धान तथा विस्तारको सुदृढीकरणमा योगदान पु¥याउने उनको भनाइ थियो।

प्रकाशित: ३२ जेठ २०८० १९:१८ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast