मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

हिमाल प्रेस ३० जेठ २०८० ११:५३ | Tuesday, June 13, 2023
मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (मंगलबार) विश्वासको मत लिने भएका छन्। उनले अपराह्न ५ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रदेशसभाका सचीव रंजितकुमार यदवले जानकारी दिए।

सरकार निर्माणको क्रममा सहभागी भएको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपरेको हो।

एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संवैधानिक व्यवस्थाअनुसार सरकार निर्माणमा सहभागी भएको दलले समर्थन फिर्ता लिए ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

हाल प्रदेश सरकारमा एमाले बाहेक सबै दल सरकारमा सहभागी छन्। प्रदेशसभामा १०७ जना सांसद रहेकाले बहुमतका लागि ५४ जना सांसदको आवश्यकता पर्छ।

प्रकाशित: ३० जेठ २०८० ११:५३ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast