भ्रष्टाचार मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर

हिमाल प्रेस १५ असार २०८० १७:०९ | Friday, June 30, 2023
भ्रष्टाचार मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर

काठमाडौँ- नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। आज शुक्रबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले खड्कालाई १ वर्ष ३ महिना कैद र ९ करोड १९ लाख ६ हजार ६ सय ३४ रुपैयाँ ६४ पैसा बराबर बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको हो।

अदालतले खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, सेयर र अन्य सम्पत्ति जफत हुने फैसला पनि सुनाएको छ। खड्काले १८ करोड ६६ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएकोले सबै जफत हुनुपर्ने दाबी गरेको थियो।

निगमको कार्यकार्य निर्देशक हुँदा जग्गा खरिददेखि अन्य प्रकरणमा खड्का मुछिएका थिए। नेपाल आयल निगमको जग्गा खरिद सम्बन्धी विवाद अहिले अख्तियारमा तामेलीमा रहेको छ।

प्रकाशित: १५ असार २०८० १७:०९ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast