बेलायत जानेको स्वास्थ्य परीक्षण अब नर्भिकमा

हिमाल प्रेस ५ असार २०८० १३:५२ | Tuesday, June 20, 2023
बेलायत जानेको स्वास्थ्य परीक्षण अब नर्भिकमा

काठमाडौँ- थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि बेलायत जानेहरूको स्वास्थ्य परीक्षण (मेडिकल जाँच) हुने भएको छ।

काठमाडौँस्थित बेलायती दूतावासले नर्भिक इन्टरनेशनल हस्पिटललाई बेलायत जान चाहने विद्यार्थी तथा अन्यको स्वास्थ्य परीक्षणको जिम्मेवारी सुम्पिएको हो।

अनलाइनमार्फत समय लिएपछि नर्भिकले सोही दिन सम्बन्धित व्यक्तिको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने जनाएको छ।

नर्भिकसँगै बेलायत जानेहरूको मेडिकल जाँच इन्टरनेशनल अगनाइजेसन अफ माइग्रेसन (आईओएम)मा पनि हुनेछ। अष्ट्रेलिया जानेहरूको मेडिकल जाँचको जिम्मा पनि नर्भिक र आईओएमले नै पाएका छन्।

प्रकाशित: ५ असार २०८० १३:५२ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast