![बझाङ सवारी दुर्घटना : गम्भीर घाइते मन्त्रीसहित तीन जनालाई कोहलपुर ल्याइयो [फोटो फिचर]](https://himalpress.com/wp-content/uploads/2023/06/manti-shingh-1.jpg) सबै तस्बिरः डिल्ली शाही
                            सबै तस्बिरः डिल्ली शाही
                                            कोहलपुर- बझाङमा सवारी दुर्घटनामा घाइते सुदूरपश्चिम प्रदेश सरकारका कानुनमन्त्रीसहित तीन जनालाई उपचारका लागि कोहलपुर ल्याइएको छ।
दुर्घटनामा गम्भीर घाइते प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह, उनका अंगरक्षक दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज मेडिकल कजेल शिक्षण अस्पताल कोहलपुर ल्याइएको हो।
मन्त्री सिंहसहित पाँच यात्रु चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृता र भाउजू जयादेवीको मृत्यु भएको छ। मन्त्री चढेको गाडी सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

 
 
                            प्रकाशित: ५ असार  २०८० १७:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 
                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 