बर्खा सुरु भएसँगै ललितपुरका किसानलाई मलको चिन्ता

हिमाल प्रेस २ असार २०८० १३:३२ | Saturday, June 17, 2023
बर्खा सुरु भएसँगै ललितपुरका किसानलाई मलको चिन्ता फाइल तस्बिर।

ललितपुर– खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण ललितपुरका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ। धानको बिउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा ललितपुरका किसान चिन्तामा छन्।

रासायनिक मल खरिद गरी स्थानीय तहमा वितरण गर्नुपर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई छ। साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले पर्याप्त मल वितरण गर्न नसक्दा किसानलाई बर्सेनि खेतिपातीको समयमा मलको चिन्ता हुने गर्छ।

ललितपुर महानगरपालिकाको कृषि शाखा प्रमुख सावित्रा पण्डितका अनुसार चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनीबाट महानगरले १ हजार ३ सय ६० बोरा युरिया मल र ६ सय बोरा डिएपी मल प्राप्त गरेको छ।

यस्तै साल्ड ट्रेडिङमार्फत महानगरले १ हजार ५ सय ४० बोरा युरिया मल र ३ सय बोरा डिएपी मल प्राप्त गरेको छ।

ललितपुर महानगरपालिकाको उपमेयरको संयोजकत्वमा कृषि सहकारी संस्थालाई वितरण गरिने मल खेतीपातीको समयमा किसानले पर्याप्त रूपमा नपाउँदा किसानको गुनासो धेरै सुन्नुपरेको कृषि शाखाकी प्रमुख सावित्रादेवी पण्डितले जानकारी दिइन्।

‘ललितपुर महानगरपालिकाको वडा नं १८ देखि २९ वडामा खेतीयोग्य जमिन छ र कसानले खेती गरिरहेका छन्। चालु आर्थिक वर्षमा हामीलाई उपलब्ध भएको रसायनिक मल सबै किसानलाई प्राप्त रूपमा वितरण गर्दा एक छेउमा पनि पुग्दैन,’ उनले भनिन्।

प्रकाशित: २ असार २०८० १३:३२ | Saturday, June 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast