बजेट नसच्याए सरकारको अहंकार झारिदिने ओलीको चेतावनी

हिमाल प्रेस २३ जेठ २०८० १७:०७ | Tuesday, June 6, 2023
बजेट नसच्याए सरकारको अहंकार झारिदिने ओलीको चेतावनी प्रतिनिधिसभाको बैठकमा केपी शर्मा ओली। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/८१ को बजेट नसच्याए सत्ताको अहंकार झारिदिने चेतावनी दिएका छन्। प्रतिनिधिसभा बैठकमा मंगलबार बजेटमाथिको छलफलमा सहभागी हुँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो चेतावनी दिएका हुन्।

उनले भने, ‘सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस्। हामी साथ दिन्छैँ। तर सत्ता अहंकारले बजेटमा कमा, फुलस्टप फेरिँदैन, हामी जो बाहुबली छौँ, टेर्दैनौं भन्नुहुन्छ भने तपाईँको सत्ता अहंकार परिणामले झारिदिनेछ।’

ओलीले बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरुले नभन्ने पनि बताए। ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने जिकिरसमेत गरेका छन्।

उनले भने, ‘बजेट सच्याएबापत सरकार असफल भयो भन्दैनौँ हामी। सच्याउनुस् बजेट। सरकार असफल भयो, सरकारले बजेट फेर्‍यो भन्दैनौँ हामी।’

प्रकाशित: २३ जेठ २०८० १७:०७ | Tuesday, June 6, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast