प्रधानमन्त्री पत्नी सीता दाहाल नर्भिक अस्पताल भर्ना

हिमाल प्रेस २९ जेठ २०८० १६:०४ | Monday, June 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहाल नर्भिक अस्पताल भर्ना

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीतालाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ। सीता लामो समयदेखि शारीरिक र मानसिक अवस्था असन्तुलित हुने प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी)रोगबाट पीडित छन्।

उनलाई नर्भिकको इमर्जेन्सीमा भर्ना गरिएको छ। स्वास्थ्य अवस्था सदाको भन्दा बिग्रिएपछि दिउँसो ३:३० बजे अस्पताल पुर्‍याइएको बताइएको छ।

यसअघि उनलाई सिंगापुर, अमेरिका, भारत लगेर पनि उपचार गराइएको थियो। तर उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नभएपछि चिकित्सकको निगरानीमा घरमै राखेर उपचार जारी राखिएको थियो। सीतालाई भेट्न प्रधानमन्त्री दाहाल पनि अस्पताल पुगेका छन्।

प्रकाशित: २९ जेठ २०८० १६:०४ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast