काठमाडौँ- नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले झापाको दमकमा बृहत् अभिकर्ता तालिम सम्पन्न गरेको छ। कम्पनीले शनिबार बृहत् ‘रन फर इन्कम चेज योर एमडिआरटी’ नारासहित कार्यक्रम गरेको हो।
कोशी प्रदेशमा रहेका शाखाहरूसँग आबद्ध भएर बिमा व्यवसाय गर्दै आएका अभिकर्तालाई व्यावसायिक दक्षता अभृवृद्धि गराउने उद्देश्यले तालिम दिइएको कम्पनीको भनाइ छ। कार्यक्रम उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले गरेका थिए।
कार्यक्रममा करिब ७ सय जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ। प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीका सबै संरचना उत्कृष्ट रहेको र बोनस दर आकर्षक रहेको बताए।
प्रकाशित: १० असार २०८० १८:२० | Sunday, June 25, 2023
प्रतिक्रिया





