काठमाडौँ- आइतबारदेखि निरन्तर बढिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक बुधबार पनि दोहोरा अंकले बढेको छ। बुधबार कारोबार पनि ५ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ कायम भएको छ।
बुधबार २ सय ७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४ सय ४० कित्ता सेयर ७९ हजार ४ सय ६१ पटक खरिदबिक्रीमा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६ सय ८२ रुपैयाँको कारोबार भएको छ।
बुधबार विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ। बाँकी सबै समूहको उपसूचक बढेको छ। विकास बैंक समूह ३६.२१, वित्त १५.८९, होटल तथा पर्यटन ४३.१६, लगानी ०.३९, निर्जीवन बीमा ६७.२७ र लगानी समूह २०.०९ अंकले घटेको छ। उपसूचक बढ्नेमा सबैभन्दा धेरै जीवन बीमा समूह १६४.६६ अंकले बढेको छ।
                            प्रकाशित: ३१ जेठ  २०८० १६:२५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

