नेपालपे क्यूआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध

हिमाल प्रेस ३१ जेठ २०८० १५:१३ | Wednesday, June 14, 2023
नेपालपे क्यूआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध

काठमाडौँ- बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूमार्फत नेपालपे क्यूआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन्। छोटो अवधिमै भएको उक्त आबद्धताले नेपालमा क्यूआरसम्बन्धी भुक्तानीप्रतिको आकर्षण सशक्त देखिएको कम्पनीले जानकारी दिएको छ।

‘छोटो अन्तरालमा ३ लाखभन्दा बढी मर्चेन्ट क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआरसम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

नेसनल पेमेन्टस्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ।

क्यूआर स्किमको रूपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था गरिएको छ। कम्पनीका अनुसार अहिले २३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायकमार्फत व्यावसायिक ग्राहकले नेपालपे क्यूआरमा आबद्ध हुन सक्नेछन्।

अहिले २१ बैंक तथा वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटहरूमार्फत स्क्यान गरी पे गर्न सक्ने व्यवस्था गरिएको छ। यसमा आबद्ध हुन व्यावसायिक ग्राहकले बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्ने कम्पनीको भनाइ छ।

प्रकाशित: ३१ जेठ २०८० १५:१३ | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast