नेपालगञ्जमा सिटिजन्स बैंकको नयाँ ‘खाता योजना’

हिमाल प्रेस ६ असार २०८० १९:०४ | Wednesday, June 21, 2023
नेपालगञ्जमा सिटिजन्स बैंकको नयाँ ‘खाता योजना’

काठमाडौँ- सिटिजन्स बैंकले नेपालगञ्जमा नयाँ ‘खाता योजना’ ल्याएको छ। बैंकले नेपालगञ्जमा बालिका शिक्षा तथा बाल विवाह न्यूनीकरण मुद्दति खाता योजना सञ्चालनमा ल्याएको हो।

ग्रामीण क्षेत्रका बालिकाहरूको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले सो खाता सञ्चालनमा ल्याउन बैंक र नेपालगञ्ज उपमहानगरपालिकाबीच सम्झौता गरिएको छ।

सो योजनाको मुख्य उद्देश्य बालविवाह हुनबाट बचाउने र शिक्षामा निरन्तरता कायम राख्ने रहेको बैंकले बताएको छ। बालिका शिक्षा तथा बालविवाह न्यूनीकरण मुद्दति खाता योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिका विविध कोषअन्र्तरगत बालिकाहरूको नाममा मुद्दति खाता खोलेर कार्यविधिअनुसारको रकम खातामा जम्मा गरिनेछ।

बलिकाहरूका लागि बैंक खाता खोल्ने र अनुकुल ब्याजदरमा २५ हजार रुपैयाँको मुद्दति निक्षेप राख्ने सहमति भएको बैंकले जानकारी दिएको छ। उक्त सम्झौताले बालविवाह घटाउन र छात्राहरूको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षा पूरा गर्न महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको बैंकले बताएको छ।

प्रकाशित: ६ असार २०८० १९:०४ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast