फाइल तस्बिर
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य देखिएको नर्भिक अस्पतालले जानकारी दिएको छ। सोमबार दिउँसो श्रीमती सीता बिरामी भएर अस्पताल पुगेका दाहालले पनि आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएका थिए।
करिब डेढ घण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। श्रीमती सीतालाई भने पीसाबमा संक्रमण देखिएको चिकित्सकहरूले सोमबार नै जानकारी दिएका थिए।
सीता लामो समयदेखि शारीरिक र मानसिक अवस्था असन्तुलित हुने प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी)रोगबाट पीडित छन्।

प्रकाशित: ३० जेठ २०८० १२:४६ | Tuesday, June 13, 2023
प्रतिक्रिया




