देशभरका उत्पादक भेला गर्न काठमाडौँमा कफी मेला सुरु

हिमाल प्रेस २ असार २०८० १९:५३ | Saturday, June 17, 2023
देशभरका उत्पादक भेला गर्न काठमाडौँमा कफी मेला सुरु

काठमाडौँ- शनिबारदेखि काठमाडौँमा कफी मेला सुरु भएको छ। नेपाल कफी व्यवसायी महासंघको आयोजनामा काठमाडौँको नयाँ बजारमा कफी मेला सुरु गरिएको हो।

महासंघका अध्यक्ष ओमनाथ अधिकारीले नेपालमा पहिलो पटक कफी मेला आयोजना गरिएको बताए। उनका अनुसार मेला ४ दिन चल्नेछ। मेलामा कफीको क्षेत्रमा लगानी कसरी भित्र्याउने र नेपाली कफी कसरी विस्तार गर्नेलगायतका विषयमा छलफल पनि हुने अधिकारीले बताए।

मेलामा विभिन्न जिल्लामा उत्पादित कफीको प्रतिस्पर्धा हुने र विजेता घोषणा गरिने पनि अध्यक्ष अधिकारीले बताए। त्यस्तै मेलामा कफीका बारेमा लगानी र बजार विस्तारबारे नीतिगत छलफल पनि गरिनेछ।

मेलामा महासंघका महासचिव सन्तोष पोखरेलले देशभरका कफी उत्पादकलाई एकै ठाउँमा जम्मा गर्ने उद्देशयले मेला आयोजना गरिएको बताए।

प्रकाशित: २ असार २०८० १९:५३ | Saturday, June 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast