थाहा नगरपालिकामा बसपार्क सञ्चालन गर्न कार्यविधि पारित

हिमाल प्रेस ३० जेठ २०८० ८:४४ | Tuesday, June 13, 2023
थाहा नगरपालिकामा बसपार्क सञ्चालन गर्न कार्यविधि पारित

मकवानपुर- मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहानगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेको छ। सो कार्यपालिकाको सोमबार सम्पन्न बैठकको निर्णयका आधारमा थाहा नगरपालिका-४ मा निर्माणधीन बसपार्क सञ्चालन हुने बताइएको छ।

कार्यविधिअनुसार थाहा बसपार्क नगरपालिकाको मातहतमा रहने गरी नगरप्रमुखले सिफारिस गरेका व्यक्तिको अध्यक्षतामा सात सदस्यीय समिति गठन हुने निर्णय गरेको छ। समितिमा एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ। समितिका सदस्यमा नगरप्रमुख, यातायात व्यवसायीमध्येबाट एक, उद्योग वाणिज्य स‌ंघको तर्फबाट एक र उपभोक्ताबाट एक जना रहने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ

यसै गरी बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि प्रत्येक वडामा टोल भेला गरी सुझाव संकलन गर्नेलगायत विभिन्न निर्णय गरेको नगरपालिकाका प्रवक्ता हेरमान गोपालीले जानकारी दिए। साथै बैठकले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०८० तथा व्यापार-व्यवसायसम्बन्धी कार्यविधि, २०७७ लाई संशोधनसमेत गरेको बताइएको छ।

बैठकले नगरभित्र निर्माण हुने घरको नक्सापास कार्यविधि ल्याइने निर्णय गरेको हो। थाहा नगरपालिकाभित्र निर्माण भइसकेको र निर्माणाधीन घरको नक्सापास गर्नुपर्ने मापदण्डअनुसार निर्माण भएका भवनको निर्माणपत्र दिने र मापदण्डविपरीत निर्माण भएका घरको अभिलेखीकरण गर्ने तथा नयाँ निर्माण हुने घरलाई भवन निर्माणसम्बन्धी कार्यविधि बनाई नक्सापास भएपछि मात्र घर निर्माण गर्न आग्रहसमेत गर्ने बताइएको छ।

त्यसै गरी घर निर्माणका लागि ‘डीपीसी’ गरेर राखेका घरको निर्माण प्रक्रिया पूरा गर्न सूचना जारी गर्नेसमेत निर्णय गरिएको प्रवक्ता गोपालीले बताए।

प्रकाशित: ३० जेठ २०८० ८:४४ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast