थपियो स्नातक तहको परीक्षा फाराम भर्ने समय

हिमाल प्रेस ८ असार २०८० २१:३७ | Friday, June 23, 2023
थपियो स्नातक तहको परीक्षा फाराम भर्ने समय घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा फाराम भर्ने समय थप गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै फाराम भर्ने समय असार २५ गतेसम्मका लागि थप गरेको जनाएको हो।

यस वर्ष सञ्चालन हुने चार बर्से स्नातक तहअन्तर्गत बीबीएस, बीएड, बीएस्सी र बीए दोस्रो वर्षको नियमित र आंशिकतर्फ २०७९ तथा ३ बर्से बीए दोस्रो वर्ष र प्राइभेट आंशिकतर्फको परीक्षा दिने विद्यार्थीहरूको परीक्षा फाराम भर्ने समय असार ८ गतेसम्म कायम गरिएको थियो। विश्वविद्यालयले अहिले सूचना जारी गरेर समय थप गरेको हो।

प्रकाशित: ८ असार २०८० २१:३७ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast