ज्येष्ठ नागरिक क्लबलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

हिमाल प्रेस १३ असार २०८० १४:३९ | Wednesday, June 28, 2023
ज्येष्ठ नागरिक क्लबलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौँ- सिटिजन्स बैंकले नेपालगञ्जमा ज्येष्ठ नागरिक भवन निर्माणमा सहयोग गरेको छ। बैंकले भवन निर्माणका लागि उपभोक्ता समितिलाई आर्थिक सहयोग गरेको हो।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालगञ्जको धम्बोझी–२मा ज्येष्ठ नागरिक भवन निर्माणका लागि आर्थिक सहयोग गरिएको बैंकले जानकारी दिएको छ। जेष्ठ नागरिक क्लबले उनीहरूका आफ्ना समस्या समाधान गर्न, सदस्यहरूद्वारा पारस्परिक रूपमा लाभ उठाउन र पुनः निर्माण गर्न मद्दत गर्ने लक्ष्य राखेको छ।

त्यसैमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बैंकको भनाइ छ। उक्त सहयोग एक समारोहका बीच बैंकले संस्थाका अध्यक्ष अजितकुमार शर्मालाई हस्तान्तरण गरेको हो। ज्येष्ठ नागरिक क्लबमा १६५ जना सदस्य छन्।

प्रकाशित: १३ असार २०८० १४:३९ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast