‘गुलाबी’ बन्यो ‘गुन्याे चोलो’

हिमाल प्रेस ६ असार २०८० १३:४७ | Wednesday, June 21, 2023
‘गुलाबी’ बन्यो ‘गुन्याे चोलो’

काठमाडौँ- अभिनेता नाजिर हुसेन मुख्य भूमिकामा रहेको फिल्म ‘गुलाबी’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार अमेरिकी कम्पनी भिजिअन इन्टरटेनमेन्टले खरिद गरेको छ। यो सँगै फिल्मको नाम पनि परिवर्तन भएको छ। नेपालमा ‘गुलाबी’ नामले प्रदर्शनमा आउने फिल्म अमेरिकामा ‘गुन्याे चोलो : कमिङ अफ एज अफ अ गर्ल’ शीर्षकमा रिलिज हुनेछ।

फिल्ममा नाजिर ट्रान्सजेन्डरको भूमिकामा छन्। फिल्म अहिले हलिउडमा सम्पादन भइरहेको फिल्मकी निर्देशक समुन्द्र भट्टले जानकारी दिएकी छन्। ‘हलिउडबाट नै विश्वव्यापी रूपमा रिलिज गर्ने तयारीसमेत गरिरहेका छौँ,’ उनी भन्छिन्, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण र प्रवद्र्धन गर्ने हाम्रो प्रयास पक्कै पनि सुखद हुनेछ।’

अन्तर्राष्ट्रिय रूपमै प्रदर्शनमा आउने भएपछि फिल्मको पूर्वनिर्धारित नेपाल प्रदर्शन स्थगित भएको निर्देशक भट्टले बताएकी छन्। ‘फिल्म रिलिज हुन केही समय ढिलो भए पनि नेपाली चलचित्रले विश्व बजारमा नयाँ इतिहास रच्ने छ भन्ने कुरामा आशावादी छौँ,’ उनी भन्छिन्।

फिल्ममा नाजिरले ‘गुलाबी’को भूमिका निर्वाह गरेका छन्। फिल्ममा उनीबाहेक सञ्चिता लुइँटेल, सुशील सिटौल, विशाल पहारीलगायत कलाकारको अभिनय छ। सञ्चिता नाजिरको आमाको भूमिकामा देखिनेछिन्।

प्रकाशित: ६ असार २०८० १३:४७ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast