गालीगलौज गर्ने प्रवृत्तिले देश पछाडि पर्‍यो : प्रधानमन्त्री

हिमाल प्रेस ८ असार २०८० २०:०० | Friday, June 23, 2023
गालीगलौज गर्ने प्रवृत्तिले देश पछाडि पर्‍यो : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक विषयलाई नकारात्मक दृष्टिले हेर्ने प्रवृत्तिले नेपाल पछाडि पर्दै गएको बताएका छन्।

काठमाडौँमा आयोजित नेपाल उद्योग परिसंघ (सीएनआई) नेपालको २० औं साधारणसभाको उद्घाटन गर्दै उनले गालीगलौज गर्ने प्रवृत्तिका कारण सरकारले गरेका राम्रा कामहरू पनि ओझेलमा पर्दै गएको बताएका हुन्।

निजी क्षेत्रसँग मैत्रीपूर्ण सहकार्य नगरी मुलुकको समृद्धि नहुने भन्दै उनले समस्याका रूपमा रहेका ऐन कानुनको सुधार गर्न आफू लागिपरेको उल्लेख गरे।

यस्तै उनले आफ्नो भारत भ्रमणका क्रममा भएको विद्युत् व्यापारको सम्झौताले आगामी १० वर्षभित्र नेपालले फड्को मार्ने दाबी गरे। १० वर्षमा १० हजार मेगावाट विजुली भारतमा निर्यात गर्ने योजनाले मुलुकको अर्थतन्त्र स्वाभाविकरूपमा सुध्रिने दाहालको भनाइ छ। उनले नेपाल-भारतको सम्बन्धलाई आफ्नो भ्रमणले थप उचाइमा पुर्‍याएको बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा विवादका विषयमा राखेको प्रस्तावले पनि दुई मुलुकबीचको सम्बन्ध सुध्रिएको संकेतका रूपमा बुझ्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरे।

प्रकाशित: ८ असार २०८० २०:०० | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast