गर्मीले बढायो बर्दिया राष्ट्रिय निकुञ्‍जमा पर्यटक आगमन

हिमाल प्रेस २७ जेठ २०८० ७:४२ | Saturday, June 10, 2023
गर्मीले बढायो बर्दिया राष्ट्रिय निकुञ्‍जमा पर्यटक आगमन

बर्दिया– गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए।

राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको संख्या बढेर १ सय २५ पुगेपछि बाघ हेर्नकै लागि पर्यटक बर्दिया आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ। अघिल्लो आवमा १ हजार विदेशी पर्यटक आएकामा अहिले ६ हजारको हाराहारीमा पुगेको सहायक संरक्षण अधिकृत दाहालले जनाए।

यसैगरी अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा अहिले १५ हजार पुगेका छन्। गत आवमा ४ सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर १ हजार पुगेका छन्। बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको संख्या बढेको सहायक संरक्षण अधिकृत दाहालको भनाइ छ।

यस निकुञ्जमा पाटेबाघ, एकसिंगे गैंडा, चितुवा, जरायो, चित्तल, लगुना, बाह्रसिंगे र जंगली हात्तीलगायत स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन्। जलचरमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा पाइन्छन्।

निकुञ्जमा ४ सय ३८ थरी रैथाने र बसाइँ सरी आउने चराको अभिलेख रहेको छ। प्राकृतिक रूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा बर्दिया पर्ने गरेको पर्यटन व्यवसायी बताउँछन्। -रासस

प्रकाशित: २७ जेठ २०८० ७:४२ | Saturday, June 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast